
काठमाडौं । ललितपुरको कोन्ज्योसोममा संरक्षित जनावर जंगली भालु काटेर टुक्रा -टुक्रा पारेकाे अवस्थामा फेला परेको छ ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको कोन्ज्योसोम झरनामा जंगली भालु काटेकाे अवस्थामा फेला परेको हो ।
भालुलाई मारेर टाउको र हातखुट्टा पोखरी नजिक फालिएको छ । फोटो पत्रकार स्कन्द गौतमले सो क्षेत्रमा घुम्न जाँदा शनिबार जंगली भालु काटेकाे अवस्थामा फेला परेको र टाउको आफूले पोखरीबाट निकालेको जानकारी दिनुभयो । इलाका प्रहरी भारदेउले मासुको लागि भालु मारेको हुन सक्ने आँकलन गरेको छ ।
निरन्तर परेको पानीका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले बताएको छ । स्थानीय बन कार्यालयमा यस घटनाको विषयमा जानकारी दिईसकेको प्रहरीले जनाएको छ । घटनास्थल काभ्रे र ललितपुरको सिमारेखामा परेकोले पनि प्रहरीमा पनि अनुसन्धान गर्ने अधिकारको बारेको अन्यौल रहेको देखिन्छ ।
औषधीय रुप भालुको पित्त प्रयोग हुने भएकोले भालुको अवैध सिकार र निकासी हुँदै आएको छ । चीनमा भालुको पित्त परम्परागत औषधीमा प्रयोग हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्