१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणीमा पानीको उच्च वहाव


143
Shares

काठमाडौं । नवलपुरस्थित नारायणी नदीमा पनि पानीको वहावले खतराको तह पार गरेको छ ।

देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार राती नारायणीमा जल सतह ७ दशमलव ३९ मिटर पुगेको छ । नारायणीमा ७ दशमलव ३ मिटर पानीको सतहलाई खतराको विन्दु मान्ने गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सोमबार बिहान दिएको जानकारी अनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो।

नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ ।

नदीमा जल सतह निकै माथि पुगेपछि नवलपुर जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन भनेको छ ।