
एजेन्सी । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ भने कयौँ घाईते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । अधिकारीहरूले २ हजार २ सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा ५ अर्ब ५० करोडभन्दा धेरैको धनमाल नष्ट भएको बताएका छन् ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगोमा जलेर ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी शव परिवारलाई बुझाउन चुनौति बनेको छ ।
प्रतिक्रिया दिनुहोस्