१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सडकबाट आर्थिक अवस्था बलियो बनाउँदै मोन्टेनेग्रो


2.86k
Shares

एजेन्सी । मोन्टेनेग्रोमा चीन सरकारद्वारा निर्माण भएको राजमार्गको सुविधा बिस्तार गरिएको छ ।

मोन्टेनेग्रोको बार बोल्जारे राजमार्गको ४१ किलोमिटर सडकखण्डले देशको आर्थिक विकासलाई बढाएको स्थानीय अधिकारहरुले बताएका हुन् ।

बार बोल्जारे राजमार्गको ४१ किलोमिटर सडकलाई प्राथमिकता दिएर चीनले निर्माण गरेको स्मोकोभ्याक–माटेसेभो सडक खण्ड गत जुलाईबाट सञ्चालनमा आएको हो ।

सो समयबाट यस सडकखण्ड मोन्टेनेग्रोका लागि आर्थिकोपार्जनको मुख्य माध्यम बन्नुका साथै उत्तरी दुर्गम र जोखिमपूर्ण भू-भागका लाखौँ यात्रुहरुलाई सुरक्षित यात्राको सुविधा दिएको मोन्टेपुटका कार्यकारी निर्देशक मिलन लिजिल्जानिकले बताउनु भयो । यस सडकले सञ्चालन समय यता ९.८५ मिलियन अमेरिकी डलर आम्दानी गरेको छ ।

नयाँ राजमार्गले मोन्टेनेग्रोलाई प्रत्यक्ष र अप्रत्यक्ष आर्थिक लाभ दिएको स्थानीय अधिकारीहरुले बताएका छन् । यो राजमार्ग पूर्ण रुपमा सकिएसँगै सर्भियाको लागि आर्थिक लाभको माध्यम बन्नेछ । सडक बनेसँगै त्यस क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरु धेरै खुशी भएका छन् ।