२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एक सय किलो सुन टक्सार महाशाखामा जोख्न सुरु (तस्बिरहरु)


6.318k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुको लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर जोख्न थालेको हो ।

राजस्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया सुरु गर्दा महाशाखाले एउटा ब्रेक सु खोलेर डेमो देखाएको छ ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम सुरु गरेको बताउनुभयो । उहाँले सुन जोख्ने काम केन्द्रिय अनुसन्धान ब्युरो सीआईबी, राष्ट्र बैंकका केन्द्रिय प्रतिनिधी र राजस्व अनुसन्धान विभागसहित निष्पक्ष रुपमा सुन जोख्ने काम गरिने बताउनुभयो । उहाँले ब्रेक सु र सुन छुट्याएपछि सुनलाई गालेर जोखिने बताउनु भयो । उहाँले एउटा ब्रेक सु खोलेर डेमो गर्दा २० वटा सुन भेटिएको बताउनुभयो ।

राजश्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक सु सहितको सुनको तौल १५५ रहेको छ । सुन छुट्याइ सकेपछि सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुने छ । त्यसपछि गुणस्तर जाँच तीन दिनमा सक्ने छ ।