१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त


221
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गौरव बस्नेतलाई राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

बस्नेतलाई एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

त्यस्तै,एन्फाले सहायक प्रशिक्षकको जिम्मेवारी थम्मन भुसाललाई दिएको छ । छनोटको समूह समूह ‘डी’ मा नेपालसहित भियतनाम,दक्षिण कोरिया र मंगोलिया छन् ।

यो समूहका खेलहरु आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मंगोलियामा हुनेछन् । छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन् । त्यस्तै,सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन् ।