२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संसद अवरोध गर्नु जायज छैन : प्रदीप यादव


182
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदमाथि खेलवाड गरेको बताउनुभएको छ ।

सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेर संसदमाथि खेलवाड गरेको बताउनुभएको हो ।

सांसद यादवले यतिखेर संसद अवरोध गर्नु जायज नभएको भन्दै संसद अवरोध गर्न एमालेले नाटक रचेको बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति बनाउनु आवश्यक नभएको बताउनु भयो । उहाँले समिति बनाए प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको भएको बताउनुभयो ।

उहाँले प्रहरीमाथि विश्वास गर्नुपर्ने बताउनुभयो । सांसद यादवले गौर हत्याकाण्डको विषयलाई उठाएर जसपामाथि षड्यन्त्र र घेराबन्दी गर्न खोजिएको बताउनु भयो । उहाँले तत्कालिन माओवादीको हठका कारण गौर हत्याकाण्ड भएको बताउनुभयो ।

सांसद यादवले सो घटनाको छानबिन दुईवटा उच्चस्तरीय समितिले गरेको भन्दै छानबिन समितिले सरकारलाई दिएको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।