
एजेन्सी । म्यानमारको दुर्गम गाउँ स्थानमा रहेको जेड खानीको पहिरोमा परी २५ जनाको मृत्यु भएको छ ।
उत्तरी म्यानमारको कचिन प्रान्तको हप्पाकान भन्ने स्थानको खानीमा पहिरोमा परी २५ जनाको ज्यान गएको हो भने १४ जना अझै वेपत्ता रहेका छन् ।
अन्तर्राष्ट्रिय सञचार माधयमका अनुसार पहिरोमा पर्नेहरुमा स्थानीय सर्वसाधारण रहेको बताइएको छ । लगातारको वर्षाका कारण खानी उत्खननको काम बन्द गरिएकोमा भूस्खलन हुन थालेपछि स्थानीयहरु बहुमूल्य पदार्थ फेला पार्ने आसामा खानी क्षेत्रमा जाँदा उक्त घटना भएको हो ।
उत्खनन भईरहेको भन्दा १ सय ८० मिटर माथिबाट खसेको माटोको ढिस्कोले उनीहरुलाई पुरेको हो ।
प्रतिक्रिया दिनुहोस्