
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा आज छलफल भएको हो ।
सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
यसै सन्दर्भमा राष्ट्रपति पौडेलले संसदको अवरोधबारे चासो राख्दै प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेटवार्ता गर्नुभएको हो । जवाफ अध्यक्ष ओलीले प्रतिपक्षीको मागबारे सरकारले बेवास्ता गरेकाले समस्यको हल हुन नसकेको जवाफ दिनुभएको थयो ।
पौडेलले प्रधानमन्त्री दाहालसँग पनि केही दिनअघि भेटेर अवरुद्ध संरद सुचारु गर्नेबारे सरकारले गरेका पहलको बारेमा चासो राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्