२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कागबेनीमा तीन दिनदेखि विद्युत अवरुद्ध


260
Shares

काठमाडौं । मुस्ताङको कागबेनीमा तीन दिनदेखि विद्युत अवरुद्ध भएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत अवरुद्ध भएको हो ।

गत आइतबार राति आएको बाढीले खोला किनारका विद्युतका पोल तथा तार बगाउँदा विद्युत अवरुद्ध भएको हो ।

क्षति भएको पोल तथा तार मर्मत गर्न काम भइरहेको र विद्युत सञ्चालन हुन केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।