
काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटामा नगरपालिकामा एउटा हात्ती पीडादायी तरिकाले मरेको छ ।
निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ स्थित मध्यवर्ती सामुदायिक वनको शौचालयको सेप्टी ट्याङ्कीमा खसेर हात्ती मरेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाका अनुसार हात्तीको पछाडिको शरीर सेप्टी ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जनाएको छ । सेप्टी ट्याङ्कीमा खसेर मरेको हात्तीलाई ट्यांकीबाट निकालेर शव परीक्षण गरी अन्त्येष्टि गरिने भएको छ ।
सेप्टी ट्याङ्की खुला छाड्दा दुर्घटना भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्