
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात मगाउने आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिनुभएको हो ।
अदालतले पीडित किशोरीको आमाको जन्ममिति फरक फरक पाइएकाले जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएको हो । कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो । अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दाको सुनुवाइ हुने छ ।
त्यस्तै, पीडक र पीडितको स्म्बन्धमा सञ्चारमाध्यममा आएका कतिपय समाचारले मुद्दाको कारवाहीमा प्रतिकुल असर पर्न गएको भनी बहस गरेका भन्दै गोपनियता कायम गर्न अदालतले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्