२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नुपर्छ : वामदेव गौतम


312
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नु आवश्यक रहेको तर्क गर्नुभयो ।

सांसद गौतमले भू-सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताउनुभयो । अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले जथाभावि जमिनमा खनजोत गर्नु नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गर्नुभयो ।

नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके देश आत्मनिर्भर हुन सक्ने सांसद गौतमको भनाई थियो ।