
एजेन्सी । उत्तरी क्यानडाको जंगलमा लागेको डढेलो बस्तीमा फैलिने संभावना बढेपछि हजारौं मानिस त्यस क्षेत्रबाट भागेका छन् ।
अधिकारीहरुले डढेलो बस्तीमा सल्किने खतरा बढेको चेतावनी दिएपछि उत्तरी प्रान्तको राजधानी एलोनाइफ शहरको विमानस्थलमा मानिसहरुको भीड लागेको छ ।
आजसम्ममा कम्तिमा २० हजार मानिसले शहर छाड्ने अनुमान अधिकारीहरुले गरेका छन् । विमानस्थलमा भीड थामिनसक्नु भएपछि विमानस्थल अधिकारीहरुले कम्तिमा दुई घण्टा पहिले विमानस्थल पुगेर आफ्नो सिट सुरक्षित गर्न भनेका छन् ।
एलोनाइफ नगरका मेयर रेबेका एल्टीले सडक मार्ग हुदै शहर छाड्नेहरु पनि उत्तिकै रहेको बताएकी छन् । साथै सरकार आफैले पनि मानिसहरुलाई अन्यत्र सारिरहेको पनि उनले बताएकी छन् । गत साता अमेरिकाको हवाइमा यस्तै डढेलो शहरमा सल्किंदा कम्तिमा सय जना भन्दा बढीको मृत्यु भएकाले पनि मानिसहरुमा त्रास निकै बढेको बताइएको छ ।
क्यानडामा अत्यधिक तापक्रम वृद्धिले यो वर्ष मात्रै एक हजार बढी आगलागीका घटना भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्