
काठमाडौं । सरकारले शुक्रबारदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मासिक न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने गरी पारिश्रमिक वृद्धि गरेको हो ।
जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ । यो पारिश्रमिक दर चिया बगान बाहेकका श्रमिकको हकमा लागू हुने छ ।
जस अनुसार आंशिक समय काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन् । चिया बगानका श्रमिकले भने मासिक न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्