
एजेन्सी । आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा शतर्कता बढाएको छ ।
स्वीडिस सुरक्षा सेवा (एसएपीओ) ले बिहीवार आतंकवादीहरुको खतरा बढ्दै गएको भन्दै थप शतर्कता बढाएको बताएको हो ।
स्वीडिस सुरक्षा सेवाका महानिर्देशक चार्लोट भोन एसेनले इस्लामवादीहरुले थप हिंसात्मक गतिविधि बढाएकाले सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।
यो खतरा लामो समयसम्म रहने स्वीडेनले बताएको छ । स्वीडेन र डेनमार्क दुवै देशको राजधानीमा केही आतंकवादीहरुले कुरान जलाएपछि विश्वका मुस्लिम देशहरुले त्यसको आलोचना गर्दै आएका छन् ।
सोही विषयलाई लिएर स्वीडेनमा सुरक्षा चुनौति बढेको हो । स्वीडेनले यसअघि पनि १८ नोभेम्बर सन् २०१५ देखि २ मार्च सन् २०१६ सम्म सुरक्षा शतर्कता बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्