७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एशियन पेन्ट्स मिस युनिभर्सका लागि २२ प्रतियोगी छनोट


117
Shares

काठमाडौं । एशियन पेन्ट्सले एशियन पेन्ट्स मिस युनिभर्स २०२३ का लागि २२ जना प्रतियोगी छनोट गरेको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै उत्कृष्ट २२ जना प्रतिष्पर्धीहरुको नाम सार्वजनिक गरेको हो ।

उनीहरुलाई सुन्दरता, बौद्धिकताका आधारमा मूल्याङ्कन गरिएको थियो । प्रतियोगिताका लागि एशियन पेन्ट्स नेपाल मुख्य प्रायोजकका रुपमा रहेको छ ।

आयोजकका रुपमा उमाङ्ग कृएशन रहेको छ । प्रतिष्पर्धीले रेडकार्पेटबाट सञ्चारकर्मीहरुसँग आफ्नो परिचय र बौद्धिकता प्रश्तुत गरेका थिए ।

आगामी सेप्टेम्बर ९ मा गोदावरीमा प्रतियोगिताको फिनाले हुने आयोजकले बताएको छ । यो प्रतियोगिताले सुन्दरी तथा फेसन उद्योगको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।