
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता समेत रहेको खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नेपाली नागरिकता भेटिएको होे ।
सुन बरामद भएको साउन ४ गते चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवानलाई पक्राउ परेका थिए । उनीपछि पक्राउ परेकाहरुमध्ये चारजनासँग नेपाली नागरिकता भएको खुलासा भएको हो ।
सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकको मुख्य भूमिका रहेको सीआइबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्