१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई ९ महिना कैद सजाय


4.927k
Shares

काठमाडौं । ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई ९ महिना कैद सजायको भएको छ ।

जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालत ओखलढुङ्गाले ९ महिना कैद सजाय तोकेको हो ।

दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई ९ महिना कैद सजायसहित रु. ५० हजार क्षतिपूर्ति र रु. २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले बताउनुभयो ।

गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो ।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो ।