८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रज्ञा-प्रतिष्ठानको ‘इ-बुकिङ’ हलसेवा सुरु


104
Shares

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि ‘हल इ–बुकिङ सेवा’ खुला गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानले उपलब्ध गराउँदै आएको कार्यक्रम हललाई अनलाइन माध्यमबाट नै ‘बुकिङ’ गर्न सक्ने व्यवस्थाका लागि ‘हल इ –बुकिङ सेवा’को शुक्रबार एक समारोहका बीच शुभारम्भ गरिएको हो । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले यस सेवाको शुभारम्भ गर्नुभयो ।

कुलपति राईले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प नभएको भन्दै यस सेवाले हल प्रयोगकर्तालाई छिटो, छरितो र सर्वसुलभ सेवाप्रवाह गर्न सकिने जिकिर गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले यस सेवाको प्रभावकारिता बढ्ने उल्लेख गर्दै वेबसाइटलाई आवश्यकताअनुसार परिमार्जनसमेत गरिने बताउनुभयो ।