
बझाङ । बझाङको तलकोट गाउँपालिकाले बाहिर बाट आयात हुने खादा, ब्याज र मालालाई रोक लगाउने निर्णय गरेको छ ।
कार्यपालिकाको बैठकले फजुल खर्च घटाउने उदेश्यले बाहिर बाट ल्याइने खादा, ब्याजहरु र मालाहरुलाई रोक लगाउने निर्णय गरेको तलकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिद्धराज भण्डारीले बताउनुभयो ।
पालिकाभित्र हुने सार्वजनिक कार्यक्रमहरु सञ्चालन हुँदा हजारौ मुल्य बराबरका खादा, ब्याज र मालामा मात्रै खर्च हुने भएका कारण खर्च कटौति गर्नका लागी र पालिकामा आएको रकमलाई पालिकामा नै राख्ने उदेश्यका साथ पालिकाले यस्तो निर्णय गरेको उहाँको भनाई छ ।
सार्वजनिक कार्यक्रमहरु संचालन गर्दा पालिकाले नै उत्पादन गरेका अल्लो बाट प्रसोधित गरी तयार पारीएका खादा र टोपीहरु मात्रै प्रयोग गर्न पाउने र ब्याजको ठाउँमा पिपलका पातहरुमा अतिथि लेखेर तयार पारेर त्यसको प्रयोग गर्नु पर्ने निर्णय गरीएको छ ।
पालिकाले आफ्नै मातहतमा उद्योमग्राम सञ्चालनमा समेत ल्याएको छ । उद्योमग्राममा अल्लो बाट नै गलैचा, टोपी, खादा जस्ता बस्तु उत्पादन हुने गरेको उद्योमग्राम सहजकर्ता विन्दु चन्दले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष कलक बहादुर रोकायाले छोटो समयमा उद्योमग्रामले गुणस्तरीय बस्तु उत्पादन गरेको बताउनुभयो
प्रतिक्रिया दिनुहोस्