७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएकाे सुवास नेम्वाङको दाबी


715
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताउनुभएको छ ।

शनिबार धुलिखेलमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभाका अध्यक्षसमेत रहनुभएका नेम्वाङले संसदीय अभ्यासमा संसद अवरोध नियमसंगत नहुने बताउनुभयो ।

तर, पटकपटक भइरहेका संसद अवरोधको औचित्य राजनीतिक तवरले पुष्टि गर्न दलहरूले सक्नुपर्ने उहाँको तर्क थियो ।

नेकपा एमालेका उपाध्यक्ष समते रहनुभएका नेम्वाङले संसद अवरोधलाई संविधानसम्मत नभएको भनेपनि उहाँको पार्टीले नै लगातार संसद अवरूद्ध गर्दै आएको छ ।

एमालेको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो समयदेखिको कार्यसूची अगाडि बढ्न सकेको छैन ।