२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेकपा एसको पोलिटब्युरो बैठक भाेलीबाट


117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठके आइतबारबाट सुरु हुने भएको छ ।

शनिबार काठमाडाैंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो ।

त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ । दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

पोलिटब्युरो बैठकले केन्द्रिय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

नेकपा एस आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।