
काठमाडौं । आइतबार सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक बस्दैछ ।
बैठक आइतबार बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुरु हुने बताइएको छ ।
बैठकमा पार्टीको आगामी कार्यभारको विषयमा छलफल हुने र पोलिटब्युरो सदस्यहरुले पार्टीका धारणा राख्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्