२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सर्लाहीमा पेस्तोल र गोलीसहित २ जना पक्राउ


3.107k
Shares

सर्लाही । सर्लाहीको दक्षिण पुर्वी क्षेत्रमा रहेको पर्सा गाउँपालिका ६ अन्तर्गत पर्ने नेपाल भारत सीमाबाट सशस्त्र प्रहरीले शनिबार राति पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल आउँदै गरेको भारतीय नम्बरको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा आएका २ जना युवाहरूको तलासी लिँदा १ थान अटोमेटिक पेस्तेल, १ थान कटुवा पेस्तोल र २० राउन्ड गोलि बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ परेका सर्लाहीको हरिपुर्वा नगरपालिका ६ खरमार टोल बस्ने जीवन कुमार यादवको साथबाट अटोमेटिक पेस्तोल १ थान र १५ थान गोलि र प्रकाश यादवबाट १ थान कटुवा पेस्तोल र ५ थान गोलि बरामद भएको भण्डारीले जाकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा पक्राउ परेका यादवद्वयको साथबाट ७ हजार ४ सय भारतीय रुपैयाँ र नेपाली १सय ६० सहित भारतीय बैंकको एटिएम कार्डसमेत बरामद भएको छ ।

हतियारसहित भारतबाट नेपाल प्रवेश गरेका उनीहरूलाई शनिबार राति ८ बजे पक्राउ गरी आवश्यक अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।