६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


संसद अवरोध हटाउन राजनीतिक दलहरुबीच सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे


169
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ ।

आइतबार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउनेकुरामा अड्किएको बताउनुभयो ।

सभामुख घिमिरेले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताउनुभयो । उहाँले दलहरुको बीचमा समझदारीको वातावरण बन्नसके संसद अवरोध हट्ने बताउनुभयो ।

सभामुख घिमिरेले संसदको अवरोध हटाउनका लागि आफूले दलका नेताहरुसँग बसेर छलफल गरिरहेको बताउनुभयो ।