
काठमाडौं । ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ ।
आइतबार सिड्नीमा भएको उपाधि भिडन्तमा इंग्ल्यान्डलाई १–० गोलले पराजित गर्दै स्पेनले पहिलोपटक उपाधि जितेर इतिहास रच्न सफल भयो ।
२९ मिनेटमा कार्मोनाले उत्कृष्ट फिनिसिङ गर्दा स्पेनले अग्रता लिएको थियो । कार्मोनाले यसअघि सेमिफाइनलमा पनि स्विडेनविरुद्ध निर्णायक गोल गर्दा स्पेन फाइनल पुगेको थियो ।
६४ मिनेटमा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । इंग्ल्यान्डकी वाल्सको हातले बल छोएपछि स्पेनलाई पेनाल्टी दिइएको थियो । स्पेनका लागि पेनाल्टी हानेकी जेनिफर हर्मोसोको प्रहारलाई इंग्ल्यान्डकी गोलकिपर मेरी इर्प्सले विफल पारिदिएकी थिइन् ।
स्पेन महिला विश्वकपको उपाधि जित्ने पाँचौ टिम समेत बन्यो । यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एक–एक पटक फिफा महिला विश्वकपको उपाधि जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्