१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छथर जोरपाटी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सञ्चालन


221
Shares

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविरमा १ हजार ४ सय २ जनाले सेवा लिएका छन् ।

कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइको आयोजनमा पालिककाका सबै वडाका विभिन्न स्थानमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सञ्चालन गरेको थियो ।

नागरिकले स्थानीय सरकारबाट सहज रुपले सेवाको पाउनुपर्छ भन्ने अपेक्षा राखेकोले सबै वडाका टोलहरुमा शिविर सञ्चालन गरि सेवा उपलब्ध गराइएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले बताउनुभयो । छथर जोरपाटी गाउँपालिकामा समाजिक सुरक्षा भत्ता लिनेको संख्या १ हजार ७ सय ९८ जना रहेको जनाइएको छ ।