२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुस्ताङमा बाढीले पुरिएको डेढ करोड रुपैयाँ फेला


7.67k
Shares

काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोडभन्दा बढी रुपैयाँ फेला परेको छ ।

आइतबार स्थानीयबासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा उक्त रकम भेटिएको हो ।

बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको रु. ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि रु. एक करोड पाँच लाख ३२ हजार ९ सय ६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।

बाढीले प्रभु बैंकको भवननै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । एक सातापछि आइतबार फेला परेको रकम सुरक्षित नै रहेको उहाँले बताउनुभयो ।