१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीमा पुलको रेलिङ मर्मतमा बेवास्ता


338
Shares

सर्लाही । सर्लाहीमा पूर्व–पश्चिम राजमार्गको फूलजोर पुलमा रेलिङ भत्किएको लामो समय भइसक्दा समेत मर्मतमा बेवास्ता गरिएको छ ।

लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकालाई जोड्ने फूलजोर खोलाको पुलमा रेलिङ भत्किएको डेढ वर्ष बितिसक्दा समेत मर्मत, सम्भारको काम हुन सकेको छैन् ।

२०७८ साल चैत १३ गते उक्त पुलबाट बस खोलामा खस्दा ४ जनाको मृत्यु समेत भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त दुर्घटनापछि पुलको रेलिङ मर्मत नहुँदा जोखिम बढेको भन्दै स्थानीयले तत्काल मर्मत गर्न माग गरेका छन् ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले भने फुलजोर खोला पुलको रेलिङ मर्मत गर्ने तयारी भइरहेको जनाएको छ ।