१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बाल सुधार गृहबाट भागेकामध्ये ८७ जना काठमाडौंबाट पक्राउ


7.553k
Shares

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट भागेकामध्ये ८७ कैदीबन्दी काठमाडौंबाट पक्राउ परेका छन् ।

आइतबार सुधार गृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका थिए । सोमबार भने उनीहरुको प्रदर्शनमा सुधार गृहमा रहेका बालबालिकाले पनि साथ दिएका थिए । प्रदर्शनको मौका छोपेर सुधार गृहको झ्याल ढोका फोरर १ सय २१ जना बालबालिका भागेका थिए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार, भागेका ८७ जनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी जारी रहेको प्रहरीले जनाएकोछ ।

प्रदर्शनका क्रममा झडप हुँदा सुधार गृहमा रहेका ६ जना बन्दी र १२ जना प्रहरी घाइते भएका छन् । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ ।