१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने


611
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ ।

नेकपा (एमाले) ले मंगलबारदेखि संसदमा अवरोध नगर्ने भएको छ । सत्तारुढ दलहरु सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति बनाउन तयार भएपछि एमाले संसदको अवरोध खोल्न तयार भएको हो ।

मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने एमालेले जनाएको छ । दलहरुबीच सोमबार राती उच्च स्तरीय समिति गठन गर्ने सहमति भएको छ । समितिको कार्यविधि तय गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ । उक्त कार्यदलको मंगलबार बस्ने बैठकले कार्यविधि बनाएपछि समिति गठनको औपचारिक निर्णय हुने बुझिएको छ ।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ ।