
काठमाडौं । भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट सोमबार फरार भएका १७ जनाको खोजी कार्य जारी छ ।
सुधार गृहमा रहेका २ सय २१ जना नाबालक बन्दीहरु फरार भएकोमा २ सय ५ जनालाई पुनः नियन्त्रणमा लिई काठमाडौं, भक्तपुर र ललितपुरका बिभिन्न हिरासतमा राखिएको छ भने १७ जना अझै फेला परेका छैनन् ।
सुधार गृहमा रहेका १८ वर्षीय कमल बस्नेतको बेहोस भई अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछी आक्रोशित बनेका उनका आफन्त र सुधारगृहका बन्दीहरुले सोमबार कारागारमा तोडफोड गर्ने क्रममा बन्दीहरु फरार भएका थिए । त्यस क्रममा प्रहरीले बल प्रयोग समेत गर्नुपरेको थियो भने केही प्रहरी र बन्दीहरु घाइते भएका थिए ।
मृतक बस्नेत जवर्जस्ती करणी मुद्दामा २०७७ सालदेखि बालसुधार गृहमा थिए । घटनाको छानबिन गर्न भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ ।
मृतकका परिवारजनले घटनाबारे जाहेरी नदिएका कारण पोष्टमार्टम गर्न कठिनाई भएको छ ।
प्रतिक्रिया दिनुहोस्