८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


शेयर बजारमा दोहोरो अंकको सुधार


364
Shares

काठमाडौं । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो ।

उतारचढावबीच बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर २ हजार १५ पुगेर थामियो । कारोबार भने डेढ अर्ब तलै खुम्चियो ।

सबै समूहमा हरियाली छाउँदा वित्त समूहमा सबैभन्दा उच्च २ प्रतिशतमाथिको वृृद्धि आयो । जलविद्युत, उत्पादनमूलक र अन्य समूह डेढ प्रतिशत हाराहारीमा उकालो लागे । विकास बैंक, होटल तथा पर्यटन र निर्जीबन बीमा समूह पनि १ प्रतिशत हाराहारीमा उकालो लागे ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७७ कम्पनीको ६० लाख ३१ हजार कित्ता शेयर १ अर्ब ३३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार १ सय ८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ को घट्यो । मंगलबार पनि कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत कमाउँदा इङ्वा हाइड्रोका लगानीकर्ताले पनि ९ प्रतिशत कमाए ।