
काठमाडौं । राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताउनुभएको छ ।
नेता दाहालले सुन तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद बैठक सुचारु हुने कुरा सुनिश्चिन नभएको जिकिर गर्नुभएको हो ।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गर्नुभयो । समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्तापक्षले गर्न नहुने नेता दाहालको भनाई थियो ।
नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्वका हरेक सवालहरु ओझेलमा पर्ने गरेको बताउनुभयो । बाढि, पहिरोलगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उहाँको आपत्ति थियो ।
प्रतिक्रिया दिनुहोस्