
काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।
सुन तस्करी प्रकरणभन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरु किन चुपचाप ? रहेको भनि उहाँले प्रश्न समेत गर्नुभयो । मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति नै बनाउन उपयुक्त तर्क समेत गर्नुभयो । संसद जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनुपर्ने सांसद देवकोटाको भनाई थियो ।
सांसद देवकोटाले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद बैठकअवरुद्ध पारेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्