२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्घाखाँचीमा डिजिटल प्रविधिबाट माटो परिक्षण गर्न सुरु


1.066k
Shares

अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीमा डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु भएको छ ।

डिजिटल माटो परीक्षण मिनिल्याब सञ्चालनमा आएसँगै माटो परीक्षणका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ ।

मंगलबारबाट सञ्चालनमा आएको प्रयोगशालाबाट कृषकले ल्याएको माटोको नमूना निःशुल्क परीक्षण गरिने कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो ।

यसका लागि ६ वटै पालिकामा ११ जना कर्मचारी खटाइएको छ । डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, पिएच, लगायत परिक्षण हुने बताइएको छ ।