
एजेन्सी । दक्षिणी पेरुको अपुरिमाक क्षेत्रको जंगलमा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ ।
अन्य दुई जना सम्पर्क बिहीन छन् भने अन्य १२ जना घाइते भएको राष्ट्रिय आपत्कालीन केन्द्रले जनाएको छ ।
इहुआल्लो जिल्लामा आइतवारबाट सुरू भएको आगलागीले जीवजनावरका साथै प्राकृतिक वातावरणमा ठूलो असर परेको बताइएको छ ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । डढेलोले जिल्लाको करिब २ सय हेक्टर क्षेत्रफल, वन्यजन्तु, वनस्पति र घरहरुमा क्षति पुर्याएको ।
स्थानीय संस्थाहरुको सहयोगमा स्थानीयहरुको उद्धार गर्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्