
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिको शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरुले आमरण अनसनसहितको आन्दोलन जारी राखेका छन् ।
शुल्क वृद्धि विरोधमा मंगलबारबाट सुरु गरिएको आन्दोलनमा स्ववियु, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठन सहभागी भएका छन् ।
क्याम्पसहरू घाटामा रहेका कारण देखाउँदै शुल्क बढाइएको जनाइएको छ । २ लाख ८० हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७५ हजार पुर्याइएको हो । यता, विद्यार्थीले भने शुल्क वृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
यसैबीच आईओईले साउन २५ गतेको निर्णयअनुसार २०५३ सालपछि शुल्क वृद्धि गरिएको जनाएको छ । वृद्धि भएको शुल्क आगामी शैक्षिक सत्रदेखि लागु हुने डिन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्