
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै नेकपा एमाले रिट निबेदन लिएर सर्वाेच्च अदालत पुगेको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्की रिट निवेदन लिएर सर्वोच्च अदालत जानु भएको हो । गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिदा प्रदेश सभाको बैठकको अध्यक्षता गर्नुभएका नेपाली कांग्रेसका प्रदेश सांसद इस्राइल मनसुरीले थापाको पक्षमा मत हाल्नु भएको थियो । भदौ ४ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएर उपसभामुख सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै सोही दिन काठमाडौं गएपछि प्रदेशसभा बैठक अध्यक्ष मण्डलका सदस्य मन्सुरीले सञ्चालन गर्नुभएको थियो । विश्वासको मत लिँदा संविधानको उल्लंघन भएको दाबीसहित रिट लिएर सर्वोच्च पुगेको एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो ।
त्यसले संविधान र सर्वाेच्च अदालतले दिएको आदेशको पालना नभएको भन्दै कार्की सर्वाेच्चमा पुग्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्