
बैतडी र डडेल्धुरा । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत बुधबार ‘ठूली गौरा’ बैतडीमा धुमधामका साथ मनाइदैँछ ।
ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।
ब्रतालु महिलाहरुले बिहानै नुवाई धुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज ब्रतालु महिलाहरु एक ठाउँमा जम्मा भएर गौरादेवीको पूजा गर्ने चलन रही आएको दोगडाकेदार गाउँपालिका ६ सित्तडकी कमला भण्डारीले बताउनुभयो । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागोे पनि आजै गौरादेवीमा चढाउने चलन छ ।
यस्तै, सुदुरपश्चिमको मौलिक पर्व गौरा डडेल्धुरामा पनि बैदिक सनातन परम्परा अनुरुप मनाइदैछ । सुदुरपश्चिमका जनता विशेष गरि महिलाहरुले यो पर्व विशेष रुपले मान्ने चलन रहेको छ । यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ ।
प्रतिक्रिया दिनुहोस्