
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गर्नुभएको छ ।
बुधबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरिएको बताउनुभयो ।
महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सिआईबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताउनुभयो । उहाँले अब हुने अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरा र र उहाँका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले सरकारले सुन तस्करीसहित विभिन्न तस्करीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्