१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टर्कीको डढेलो नियन्त्रणमा : ४ हजार ८० हेक्टर जमिनमा क्षति


221
Shares

एजेन्सी । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ ।

बिहीबार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताउनु भएको हो ।

उहाँले आगलागीबाट ११ वटा गाउँमा क्षति पुगेको र कयौँ घरहरुमा क्षति गरेको बताउनुभयो । आगो फैलिएसँगै ११ गाउँहरु पूर्णरुपमा खालि गराइएको थियो ।

डढेलोबाट ४ हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ । डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । ती मध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो ।

यो पुरानो शहर पनि हो । जुन १९९८ मा युनेश्स्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।