
सिन्धुली । लगातारको वर्षापछि आएको बाढी पहिरोले सिन्धुलीका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन् ।
सिन्धुलीको बिपी, मध्यपहाडी र ग्रामिण क्षेत्रका सडकमा पहिरोले यातायात अवरुद्ध गरेको हो । पहिरोले विद्यालय भवन तथा नीजी घरमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । वीपी राजमार्ग अन्तर्गत सिन्धुली बर्दिबास सडक खण्डका विभिन्न स्थानमा खोलाले सडक अवरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्