१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा केराका परिकार अनिवार्य


442
Shares

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ ।

गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

गाउँपालिकाले दिएको तालिम लिएपछि यहाँका किसानले केराको खेर जाने कच्चा पदार्थबाट हस्तकलाका सामग्री बनाउँदै आएका छन् । उत्पादित केराको खपत पालिकाभित्रै गर्ने, उपभोक्ताका रुपमा पालिकाभित्रकै नागरिकलाई प्राथामिकता दिने उद्देश्यसहित पालिकाले यस्तो निणर्य गरेको उहाँले जानकारी दिनुभयो ।