
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ ।
शुक्रबार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले एमालेले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको पनि बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धनको कुबुद्धिका कारण कोशी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापका कारण कोशी प्रदेश सरकार आफैँ संकटमा परिरहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्