
फाइल तस्बिर
काठमाडौं । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
पहिरोका कारण काठमाडौं जाने सवारीसाधनहरू मुग्लिन र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधनहरू कुरिनटारमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्