२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


समुन्द्रमा दुषित पानी फालेको भन्दै जापानबिरुद्ध फिजीका नागरिकद्वारा बिरोध


130
Shares

एजेन्सी । जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी प्रशान्त महासागरमा फालेको बारे फिजीका नागरिकहरुले बिरोध जनाएका छन् ।

उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै बिरोध जुलुस निकालेका हुन् । फिजी गैर सरकारी संगठन कोलिशन अन ह्युमन राइट्सको नेतृत्वमा प्रदर्शनकारीहरुले समुन्द्र र भावी पुस्ताको रक्षा गर्न टोकियोको कदम रोक्न अन्तर्राष्ट्रिय स्तले कारबाही गर्नुपर्ने बताए ।

उनीहरुले यो मानिसहरुको लागि अपमान भएको भन्दै प्रशान्त महासगरसँग जोडिने देशहरु साना भएपनि सबै देशका मानिस समान हुने र जापानको यो कदम डरलाग्दो रहेको बताए ।

जापानले गत बिहीबार १ बजेबाट फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फाल्न सुरु गरेको थियो ।