
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिका वडा नं २४ वडा कमिटीको आयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
मौसम परिवर्तन र निरन्तर वर्षाका कारण देशभर भाइरल ज्वरो लगायतका विरामहरु बढीरहेका बेला विभिन्न अस्पतालमा उपचार गराउने बिरामीलाई रगतको कमि हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरेको युवा संघले जनाएको छ ।
सो कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्