१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसी परियोजना लागू हुन दिन्नौं : सिपी गजुरेल


351
Shares

काठमाडाैं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ ।

नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि लागू हुन नदिने चेतावनी दिनुभएको हो ।

उहाँले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गर्नुभयो । उहाँले परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गर्नुभयो । उहाँले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताउनुभयो ।

नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँमा बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गर्नुभयो ।